दफा ४
प्राधिकरणको आन्तरिक नियन्त्रण प्रणाली
(१) ऐनको दफा २१ बमोजिम प्राधिकरणले आफ्नो र मातहत कार्यालयबाट सम्पादन गरिने कार्य, प्रदान_गरिने सेवा तथा स्वीकृत कार्यक्रम बमोजिमको क्रियाकलाप मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र जोखिमरहित ढङ्गबाट- सम्पादन गर्न, वित्तीय प्रतिवेदन प्रणालीलाई विश्वसनीय बनाउन तथा प्रचलित कानून बमोजिम कार्यसम्पादन ८ गर्न. कामको प्रकृति अनुसारको आन्तरिक नियन्त्रण प्रणाली तयार गरी यो नियमावली प्रारम्भ भएको मितिले एक वर्षभित्र लागू गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको आन्तरिक नियन्त्रण प्रणाली तयार गर्दा प्राधिकरणको कामको प्रकृति अनुसार नियन्त्रणको वातावरण, सम्भावित जोखिम, नियन्त्रणको उपाय, सूचना र सञ्चार, अनुगमन गर्ने संयन्त्र र विधि लगायतका विषय समेट्नु पर्नेछ।
(३) आन्तरिक नियन्त्रण प्रणालीको अनुगमन गर्न अध्यक्षले जिम्मेवार अधिकारी तोकी अनुगमन गर्ने र सोको प्रतिवेदन दिने व्यवस्था मिलाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्राप्त प्रतिवेदन अध्यक्षले लेखापरीक्षण समितिमार्फत् समितिमा पेस गर्न लगाउनु पर्नेछ।
(५) यस नियमावली बमोजिम प्राधिकरणको शाखा वा सम्पर्क कार्यालयबाट सम्पादन गरिने कार्य, प्रदान गरिने सेवा तथा स्वीकृत कार्यक्रम बमोजिमको क्रियाकलाप मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र जोखिमरहित ढङ्गबाट सम्पादन गरे वा नगरेको विषयमा प्राधिकरणले त्रैमासिक रूपमा अनुगमन गर्नु पर्नेछ।
(६) उपनियम (५) बमोजिम अनुगमन गर्दा कुनै कैफियत देखिएमा प्राधिकरणले _ त्यस्तो कैफियत सुधारको लागि सम्बन्धित कार्यालयको प्रमुखलाई आवश्यक निर्देशन दिनेछ।